Friday, October 16, 2026
Homeसमाचारमाइती नेपालद्वारा जोखिममा रहेका तथा प्रभावित पाँच जनालाई सिलाई मेसिन हस्तान्तरण

माइती नेपालद्वारा जोखिममा रहेका तथा प्रभावित पाँच जनालाई सिलाई मेसिन हस्तान्तरण

इटहरी । मानव बेचबिखनविरुद्धको अभियानलाई सशक्त बनाउँदै जोखिममा रहेका तथा प्रभावित व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले माइती नेपाल तथा पुनःस्थापना गृह इटहरीले सिलाईकटाई तालिम लिएका पाँच जनालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।

‘हाम्रो आवाज, चेलीबेटी बेचबिखनबाट मुक्ति समाज’ भन्ने मूल नाराका साथ माइती नेपाल सुनसरीको आयोजना तथा प्रोफिलाको सहयोगमा सञ्चालित छ महिने जीवनोपयोगी सीप विकास कार्यक्रमअन्तर्गत तालिममा सहभागीलाई मेसिन हस्तान्तरण गरिएको हो ।

इटहरी उपमहानगरपालिका–२० स्थित जनसहयोग मा.वि का प्रधानाध्यापक धर्म भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले तालिममा सहभागीलाई सिलाई मेसिन हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा तालिम पूरा गरेका सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख चौधरीले तालिमबाट सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्दै आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो । सीप हासिल गरेपछि त्यसको सदुपयोग गरी आयआर्जनमा जोडिनुपर्ने उहाँको भनाइ थियो ।

माइती नेपाल तथा पुनःस्थापना गृह इटहरीकी सञ्चालक सुनिता कार्कीका अनुसार मानव बेचबिखनको जोखिममा रहेका तथा प्रभावित व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । संस्थाले सिलाईकटाईसँगै ब्युटीपार्लर, एड्भान्स तथा कम्प्युटरसम्बन्धी तालिममार्फत् सहभागीलाई स्वरोजगार बन्न सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

१४ जनाले तालिम लिँदा ८ जनाले सिलाईकटाई र छ जनाले कम्प्युटरसम्बन्धी तालिम लिएका थिए । सिलाईकटाई तालिम पूरा गरेका पाँच जनालाई व्यवसाय सञ्चालन तथा आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिलाई मेसिन उपलब्ध गराइएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments