इटहरी । सुनसरीको इटहरी–१, आँपगाछीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभाबाट यादप ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नगेन्द्रजंग थापा ६८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँले ४९८ मत प्राप्त गर्नुभयो ।
खुला सदस्यतर्फ विज्ञान ढुंगाना ८४६ मतसहित सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
अन्य निर्वाचित सदस्यमा विनोदप्रसाद गुरागाईं, लोचन पौडेल, गोविन्दबहादुर बस्नेत, राजेन्द्र अधिकारी र धनबहादुर कटुवाल रहनुभएको छ ।
महिला सदस्यमा पदमदेवी बस्नेत, दुर्गा अधिकारी र दीपा प्याकुरेल ओझा निर्वाचित हुनुभएको छ ।
लेखा सुपरीवेक्षण समिति संयोजकमा देवीप्रसाद भट्टराई तथा सदस्यमा बाबुराम कार्की र डण्डबहादुर खड्का विजयी हुनुभएको छ ।





