काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (महिलातर्फ) प्रतिमा गौतम निर्वाचित हुनुभएको छ ।
उहाँ ५ हजार ११६ मतसहित सहमहामन्त्री निर्वाचित सो पदमा दुई जना उम्मेद्वार हुनुहुन्थ्यो ।
पराजित नानुमैया बास्तोलाले १ हजार ५५४ मत ल्याउनुभएको थियो ।
उहाँहरू दुवै जना गत पुसमा भएको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।





