Wednesday, October 14, 2026
Homeराजनीतिकांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौंः नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित हुनुभएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणना सम्पन्न भएसँगै खतिवडा र शिवाकोटी निर्वाचित हुनुभएको हो । उहाँहरू खुला कोटाका लागि भएको निर्वाचनबाट सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको हो ।

सहमहामन्त्रीमा निर्वाचित खतिवडाले २ हजार ९१९ मत ल्याउनुभएको हो । शिवाकोटीले २ हजार ७२ मत ल्याउनुभएको छ ।

त्यस्तै, डिल्लीराम सुवेदीले १ हजार ८५१ मत प्राप्त गर्नुभएको छ । उहाँ गण्डकी प्रदेशका सांसद हुनुहुन्छ ।

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले १ हजार ३८२, राजीव ढुंगानाले १ हजार २४१, विकास कोइरालाले १ हजार १४९ मत ल्याएका ल्याउनुभएको छ ।

अमृतकुमार अर्यालले १ हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत ल्याउनुभएको छ ।

सहमहामन्त्री (खुलातर्फ) सर्वाधिक मतसहित विजयी भएका नेता खतिवडा २ असोजमा देउवा समूह छाडेर मूलधारमा फर्किनुभएको थियो ।

सहमहामन्त्री पदमा जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट निर्वाचित हुनुभएको छ । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ ।

सहमहामन्त्री पदमा जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट निर्वाचित हुनुभएको छ ।

कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टीको विधानअनुसार विभिन्न समावेशी समूहसहित ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments