Tuesday, October 13, 2026
Homeअर्थ‘सुन्दरहरैँचा फुड फेस्टिभल २०८३’ शुरु

‘सुन्दरहरैँचा फुड फेस्टिभल २०८३’ शुरु

विराटचोकः मोरङको सुन्दरहरैँचा १० विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा ‘सुन्दरहरैँचा फुड फेस्टिभल २०८३’ शुरु भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको फेस्टिभलको नगर प्रमुख केदारप्रसाद गुरागाईले उद्घाटन गर्नुभयो । फेस्टिभल कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गुरागाईले फेस्टिभलले स्थानीय उत्पादन, व्यापार–व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले स्थानीय उद्यमी तथा व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार गर्ने अवसर प्रदान गर्नुका साथै नगरको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले स्थानीय खाद्य परिकार, उत्पादन र उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बताउनुभयो । फेस्टिभलले स्थानीय व्यवसायीलाई बजार विस्तार र उत्पादनको प्रचारप्रसारमा सहयोग पुर्याउनुका साथै उपभोक्तालाई विभिन्न परिकारको स्वाद लिने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो ।

संघका वरिष्ठ उपाध्यक्ष तथा फेस्टिभल संयोजक ज्ञानप्रसाद ढकालले स्वागत मन्तव्य राख्दै फेस्टिभलमार्फत स्थानीय व्यापार–व्यवसायलाई प्रोत्साहन गर्दै सुन्दरहरैँचाको आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा हरेक साँझ राष्ट्रिय कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

मेलामा १४ वटा व्यावसायिक तथा ६ वटा प्रवर्द्धनात्मक स्टल रहेको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments