Sunday, October 11, 2026
Homeराजनीतिमोरङ ३ मा कांग्रेसको इतर पक्षको क्षेत्रीय सभापतिमा बद्री बस्नेत निर्विरोध निर्वाचित

मोरङ ३ मा कांग्रेसको इतर पक्षको क्षेत्रीय सभापतिमा बद्री बस्नेत निर्विरोध निर्वाचित

विराटचोकः आज भएको नेपाली कांग्रेसको संस्थापन इतर समूहको क्षेत्रीय अधिवेशनबाट मोरङ क्षेत्र नम्बर ३ को सभापतिमा बद्री बस्नेत निर्वाचित हुनुभएको छ ।

आज सुकुना बहुमुखी क्याम्पसमा भएको महाधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिको नाम भने चयन हुन बाँकी रहेको बताइएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुन्दरहरैंचाबाट सुवास पौडेल, किशोर तिम्सिना, भगवती पौडेल, विन्देश्वर साह, महेन्द्र परियार, भूगोल कार्की, श्यामलाल खवास, विमला राई, जनार्दन बास्तोला, भुवनकुमार राउत, रुद्रबहादुर कार्की, मदनप्रसाद आचार्य, गोविन्दबहादुर राउत, ताराकुमारी लिम्बू, शोभा काफ्ले सुवेदी र नेत्रप्रसाद मिश्रलगायत आकांक्षी रहनुभएको छ ।

त्यस्तै, कानेपोखरीबाट महाधिवेशन प्रतिनिधिमा रोहित भट्टराई, विनोद चम्लागाईँ, मदन सेंढाईँ, नरबहादुर राई, शिवप्रसाद उपाध्याय, टेकबहादुर दाहाल, केदार निरौला, अस्मिता भट्टराई, शम्भु निरौला, शिव ओझा, रामप्रकाश राई, योगेन्द्र फुयाल, रीताकुमारी लिम्बू, रुद्र क्षेत्री र पुष्प ओझालगायत आकांक्षी देखिनुभएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा धेरै जना आकाङ्क्षीले मनोनयन पत्र दर्ता गर्नुभएको हुनाले सबैलाई मिलाएर सर्वसम्मत नेतृत्व चयन गर्ने गरी कार्य भइरहेको बताइएको छ ।

संस्थापन इतर समूहको मोरङ जिल्लाको अधिवेशन गराउने जिम्मेवारी सुन्दरहरैंचा निवासी सुवास पौडेलले पाउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments