इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ७ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण शुरु गरिएको छ ।
वडा कार्यालयमार्फत सम्बन्धित लाभग्राहीलाई निस्सा वितरणको प्रक्रिया अघि बढाइएको हो ।
वडा कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी योग्य लाभग्राहीलाई निस्सा उपलब्ध गराउने जनाएको छ ।
निस्सा प्राप्त भएपछि सम्बन्धित भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।





