Wednesday, September 30, 2026
Homeशिक्षा र स्वास्थ्यअनुगमनका क्रममा फार्मेसीमा भेटियो कैफियत, नवीकरणदेखि औषधि भण्डारणसम्म लापरवाही

अनुगमनका क्रममा फार्मेसीमा भेटियो कैफियत, नवीकरणदेखि औषधि भण्डारणसम्म लापरवाही

विराटनगरः अनुगमनका क्रममा औषधि बिक्री तथा भण्डारणमा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि विराटनगरको अस्पताल चोकमा सञ्चालित तीनवटा फार्मेसीमा सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार गरिएको संयुक्त अनुगमनका क्रममा औषधि व्यवस्था विभागले इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसी सिल गरेको हो । अनुगमनका क्रममा फार्मेसीको नवीकरण, दर्तावाला फार्मासिस्टको उपस्थिति, औषधिको बिक्री तथा भण्डारणलगायत विषयमा त्रुटि भेटिएको हो ।

औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काका अनुसार खुश फार्मेसीमा दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेको, औषधि विज्ञ नभएको तथा दर्ता नभएका औषधिसमेत बिक्रीका लागि राखिएको भेटिएको थियो ।

त्यस्तै, इमान फार्मेसीको नवीकरण अवधि सकिएको र विभागको स्वीकृतिबिनै स्थान परिवर्तन गरी सञ्चालन गरिएको पाइएको थियो ।

सुरेश फार्मेसीले भने लामो समयदेखि नवीकरण नै नगरी औषधि पसल सञ्चालन गर्दै आएको अनुगमनका क्रममा खुलेको छ । उक्त फार्मेसीले २०७५ सालदेखि नवीकरण नगरेको पाइएको हो ।

औषधि ऐनको संशोधित व्यवस्थाअनुसार फार्मेसीको सञ्चालन अवधि सकिएपछि ३० दिनभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

अनुगमनका क्रममा बिलबिजक व्यवस्थित नराखेका केही औषधि पसललाई राजस्व अनुसन्धान कार्यालयले जरिवानासमेत गरेको थियो ।

औषधि व्यवस्था विभागसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र राजस्व अनुसन्धान कार्यालय विराटनगरका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments