Tuesday, December 24, 2024
Homeफिचरसर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओ तत्काल रोक्न माग

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओ तत्काल रोक्न माग

काठमाडौंः पहिलो पटक बुक बिल्डिङबाट जारी भएको सर्वोत्तम सिमेन्टको आइपीओ तत्कालका लागि रोक्न माग भएको छ । कम्पनीको वित्तीय सूचकका आधारमा क्षमता भन्दा उच्च मूल्यमा आइपीओ जारी गरेको भन्दै रोक्न आयोजना प्रभावित क्षेत्रकी स्थानीय बासिन्दा सुनिता नेपालले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकी छिन् ।

सर्वोत्तम सिमेन्टले सार्वजनिक गरेको खुद मुनाफामा नेपाल सरकारको राजस्व छुटको समेत हिस्सा रहेको उनले दिएको निवेदनमा उल्लेख गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आइपीओ बिक्री खुला गरिरहेको छ । आयोजना प्रभावित क्षेत्र पाल्पा जिल्ला रिब्दिकोटमा खानी सञ्चालन गरेका कारण स्थानीयको जनजीवन कष्टकर बनेको भन्दै छुट नदिए खानी उत्खनन् नै बन्द गर्नेसम्मको चेतावनी नेपालले दिएकी छिन् । उनले स्थानीय बासिन्दाले १ सय अंकित मूल्यमा नै आइपीओ भर्न पाउने व्यवस्थाको माग गर्दै निवेदन दिएकी छिन् । नेपालले सर्वोत्तम सिमेन्टसँग सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा पनि कम्पनीले सूचना लुकाएको भन्दै कम्पनीको नियतप्रति नै आशंका गरेकी छिन् ।

धितोपत्र नियमावली २०७३ को दफा २६ मा धितोपत्र निष्कासन गर्ने कम्पनीले लगानीकर्तालाई आवश्यक सूचना तत्काल दिनुपर्ने व्यवस्था गरेको छ । उनले माघ १० गते उक्त निवेदन अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई बुझाएकी हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments