Sunday, September 13, 2026
Homeसमाचारश्रीकृष्ण प्रणामी युवा परिषद् मोरङको ३६ औँ साधारणसभा सम्पन्न

श्रीकृष्ण प्रणामी युवा परिषद् मोरङको ३६ औँ साधारणसभा सम्पन्न

विराटचोकः श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति मोरङको ३६ औँ जिल्ला साधारणसभा सम्पन्न भएको छ ।

सभामा धार्मिक, सामाजिक, युवा सशक्तिकरण तथा संस्थागत विकासका विषयमा छलफल गर्दै आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको थियो ।

प्रणामी मन्दिर सलकपुरका सन्त श्री मनोज मधुकर महाराजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सलकपुर प्रणामी मन्दिरकी सञ्चालिका अञ्जना माताजी, युवा परिषद् कोशी प्रदेशका अध्यक्ष यज्ञप्रसाद ढकाललगायत विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सेवा समिति केन्द्रीय सदस्य तुलसी शर्मा भट्टराई, वाइजुराज केन्द्रीय सदस्य द्रौपदी खनाल, युवा परिषद् केन्द्रीय सदस्यद्वय टंकप्रसाद ओझा र गोकुलप्रसाद कोइराला, सेवा समिति मोरङका अध्यक्ष शरण भट्टराई, श्री कृष्ण प्रणामी मन्दिर सलकपुरका अध्यक्ष कृष्णप्रसाद शर्मा बास्तोला, युवा परिषद्का पूर्व केन्द्रीय सचिव श्यामप्रसाद ढकाललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा युवा परिषद् मोरङका पूर्व अध्यक्षहरू प्रेमबहादुर भट्टराई, बलराम भट्टराई, युवराज पौडेल र गोपालप्रसाद ढकालको पनि उपस्थिति रहेको थियो । सभामा संस्थाको विगतको योगदान, वर्तमान गतिविधि तथा आगामी योजनाबारे समीक्षा गरिएको थियो ।

साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा परिषद्ले प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम, १०८ पारायण ज्ञान महायज्ञका अवसरमा मोटरसाइकल र्याली तथा स्वयंसेवक परिचालन, दीप प्रज्वलन, रक्तदान, फुटसल प्रतियोगिता, बाल संस्कार शिविर तथा श्रीकृष्ण जन्माष्टमीमा सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि सञ्चालन गरेको छ ।

संस्थागत पूर्वाधारतर्फ सचिवालय, संगीत कक्षा कोठा तथा बाल सत्संग कोठा निर्माण गरिएको जनाइएको छ । परिषद्ले धार्मिक तथा सामाजिक गतिविधिसँगै युवालाई सिर्जनात्मक र सेवामूलक कार्यमा जोड्ने प्रयास गरिरहेको जनाएको छ ।
सभामा आगामी दिनमा डिजिटल बाल सत्संग, आधुनिक पुस्तकालय तथा कम्प्युटर ल्याब स्थापना गर्ने योजना प्रस्तुत गरिएको छ ।

नियमित संगीत कक्षा सञ्चालन, ‘गाउँ–गाउँमा सुन्दर साथको घर’ अभियान, नेतृत्व विकास तालिम तथा ‘पाँचौँ मंगल स्मृति फुटसल प्रतियोगिता–२०८३’ आयोजना गर्ने योजना पनि अघि सारिएको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद्को केन्द्रीय महाधिवेशन मोरङमा आयोजना गर्न पहल गर्ने योजना रहेको जनाइएको छ ।

परिषद्ले ‘धर्ममा आस्था, सेवामा समर्पण, युवामा ऊर्जा, प्रविधिमा पहुँच’लाई मूल संकल्पका रूपमा अघि सारेको छ ।

कार्यक्रममा जिल्ला कार्यसमितिका तर्फबाट उपस्थित अतिथि, प्रतिनिधि, पदाधिकारी, सदस्य, प्रणामी समाजका अग्रज तथा शुभेच्छुकप्रति आभार व्यक्त गरिएको थियो । कार्यक्रम सञ्चालन परिषद्का सचिव सरोज भट्टराईले गर्नुभएको थियो ।

सभामा धार्मिक, सामाजिक, युवा सशक्तिकरण तथा संस्थागत विकासका विषयमा छलफल गर्दै आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments