विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । आज सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।





