Wednesday, September 2, 2026
Homeसमाचारभारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, सरकारले गर्याे नबढाउने निर्णय

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, सरकारले गर्याे नबढाउने निर्णय

विराटचोकः भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।

भारतबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३.३४, डिजेलमा ४.३३, मट्टितेलमा १०.१९, हवाई इन्धनमा ४.९६ र एलपी ग्यासमा प्रति सिलिन्डर ३५.६२ रुपैयाँ मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ ।

बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments