Monday, August 31, 2026
Homeकला र साहित्यलेटाङ प्रहरीको नयाँ प्रयोगः हिरासतमा पुस्तकालय

लेटाङ प्रहरीको नयाँ प्रयोगः हिरासतमा पुस्तकालय

लेटाङः हिरासतमा बसेका थुनुवाको अध्ययनको सहजताका लागि मोरङको इलाका प्रहरी कार्यालयमा पुस्तकालय सञ्चालन गरिएको छ ।

हिरासतभित्र पुस्तकालय सञ्चालन गरेर लेटाङ प्रहरीले हिरासतलाई थुनुवा राख्ने स्थानका रूपमा मात्र बुझ्न नहुने सन्देश दिएको हो । प्रहरीले हिरासत बसाइलाई सुधार र पुनस्र्थापनाको अवसरका रूपमा प्रयोग गर्न खोजेको देखिन्छ ।

हिरासतभित्र स्थापना गरिएको पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरू राखिएका छन् । जसले थुनुवाहरुलाई समय सदुपयोग गर्न, मानसिक तनाव घटाउन र सकारात्मक सोच विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

धेरैजसो थुनुवाहरु सामाजिक, आर्थिक वा शैक्षिक कारणले अपराधतर्फ धकेलिएको पाइएकाले उनीहरूलाई सुधार्ने र समाजमा पुनःस्थापित गर्ने उद्देश्यले पुस्तकालयको अवधारणा ल्याइएको हो । हिरासतलाई दण्डको स्थान मात्रै नभएर सिकाइ र आत्मसुधारको केन्द्रका रूपमा रूपान्तरण गर्न हिरासतभित्र स्थापित पुस्तकालयले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

लेटाङको हिरासत पुस्तकालयलाई लेटाङ एड्भान्स हस्पिटलद्वारा १५ थान पुस्तक प्रदान

पूर्वसांसद खतिवडाद्वारा इलाका प्रहरी कार्यालय लेटाङको हिरासत पुस्तकालयलाई पुस्तक हस्तान्तरण

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments