Monday, August 31, 2026
Homeसमाचारखोलियो गोरखामा पहिरोले आधा घण्टा थुनिएको स्यार खोला

खोलियो गोरखामा पहिरोले आधा घण्टा थुनिएको स्यार खोला

गोरखाः गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारस्थित चौरीखर्क पारी जंगलमा पहिरो खस्दा स्यार खोला आज बिहान केहीबेर थुनिएको थियो ।

बुढीगण्डकीको सहायक स्यार खोलामा पहिरो खस्दा सो खोलामा आधा घण्टा पहिलेभन्दा कम पानी बगेको थियो । स्थानीयका अनुसार अहिले खोलामा पहिलेजस्तै पानी बग्न थालेको छ ।

सो क्षेत्रमा दिनहुँ स–साना पहिरो खसिरहेको बताइएको छ । सो पहिरोले थुनिएको खोला थुनिँदा ठूलो बाढी आउने सम्भावना नभए पनि सतर्क रहन भने आवश्यक रहेको स्थानीयको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments