विराटचोकः प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाइन्छ । वि.सं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ ।
राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
यस वर्षको पुस्तकालय दिवसको नारा ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ रहेको छ ।





