Thursday, August 20, 2026
Homeसमाचारसुनसरीसहित १५ जिल्ला समिति र सबै प्रदेश समितिलाई रेडक्रसले सोध्यो स्पष्टीकरण

सुनसरीसहित १५ जिल्ला समिति र सबै प्रदेश समितिलाई रेडक्रसले सोध्यो स्पष्टीकरण

इटहरीः संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले देशका ७ वटै प्रदेश र सुनसरीसहित १५ वटा जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय तदर्थ समितिको भदौ १ गते बसेको ३५६ औँ बैठकको निर्णयानुसार ती समितिहरूलाई चित्तबुझ्दो जवाफ पेश गर्न ३ दिनको अल्टिमेटम दिइएको छ । महामन्त्री ऋषिरमण खनालले संस्थाको बेथिति अन्त्य गर्दै शुद्धीकरण बनाउँदै लैजाने म्याण्डेट अनुरूप यो कदम चालिएको बताउनुभएको छ ।

विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूमा आबद्ध भई रेडक्रसका आधारभूत सिद्धान्तको उल्लंघन गरेको, संस्थाका सवारी साधन, आर्थिक कोष र भौतिक स्रोतहरूको व्यक्तिगत वा राजनीतिक स्वार्थमा दुरुपयोग गरेको, जिल्ला शाखाहरूको अनुगमन नगरेको, सदस्यता विवरण अद्यावधिक नगरेको र केन्द्रीय कार्यालयमा नियमित प्रतिवेदन नपठाएको, अन्तर्राष्ट्रिय समितिले पटक–पटक दिएको निर्देशन र ताकेतालाई बेवास्ता गरेको आरोप स्पष्टीकरण सोधिएका समितिका पदाधिकारी र सदस्यहरूमाथि छ ।

‘तपाईँको नेतृत्वमा रहेको समितिलाई किन विघटन नगर्ने ? ३ दिनभित्र चित्तबुझ्दो जवाफ नआए नियमानुसार प्रक्रिया अघि बढाइनेछ ।’ पत्रमा भनिएको छ ।

संस्थामा पारदर्शिता र निष्ठा कायम राख्ने सवालमा गम्भीर चुनौती देखा परेको पनि पत्रमा उल्लेख गरिएको छ ।

सबै प्रदेश समितिलाई स्पष्टीकरण सोधिएको छ ।

यी हुन् स्पष्टीकरण सोधिएका जिल्ला शाखा
१. नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्ला शाखा समिति

२. नेपाल रेडक्रस सोसाइटी, रौतहट जिल्ला शाखा समिति

३. नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोक जिल्ला शाखा समिति

४. नेपाल रेडक्रस सोसाइटी, चितवन जिल्ला शाखा समिति

५. नेपाल रेडक्रस सोसाइटी, मकवानपुर जिल्ला शाखा समिति

६. नेपाल रेडक्रस सोसाइटी, कपिलवस्तु जिल्ला शाखा समिति

७. नेपाल रेडक्रस सोसाइटी, भोजपुर जिल्ला शाखा समिति

८. नेपाल रेडक्रस सोसाइटी, सप्तरी जिल्ला शाखा समिति

९. नेपाल रेडक्रस सोसाइटी, संखुवासभा जिल्ला शाखा समिति

१०. नेपाल रेडक्रस सोसाइटी, रसुवा जिल्ला शाखा समिति

११. नेपाल रेडक्रस सोसाइटी, बारा जिल्ला शाखा समिति

१२. नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा जिल्ला शाखा समिति

१३. नेपाल रेडक्रस सोसाइटी, काभ्रेपलाञ्चोक जिल्ला शाखा समिति

१४. नेपाल रेडक्रस सोसाइटी, तनहुँ जिल्ला शाखा समिति

१५. नेपाल रेडक्रस सोसाइटी, पर्सा जिल्ला शाखा समिति

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments