Wednesday, August 19, 2026
Homeकला र साहित्यभारतीय स्वतन्त्रता दिवसको अवसरमा भएको कोशी प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा इलामकी एस्तर दियाली...

भारतीय स्वतन्त्रता दिवसको अवसरमा भएको कोशी प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा इलामकी एस्तर दियाली पहिलो

इलामः भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघले आयोजना गरेको कोशी प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा इलामको अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा एस्तर दियाली पहिलो भएकी छिन् ।

कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट सहभागी विद्यार्थीबीच भएको प्रतियोगितामा प्रथम भएकी एस्तरले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

सो प्रतियोगितामा झापाको धुलाबारी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रले द्वितीय स्थान हासिल गरेका छन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सुनसरीको बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राले तृतीय स्थान हासिल गर्दै नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई युवा पुस्तामाझ थप सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments