Monday, August 17, 2026
Homeफिचरनेकपाले कोशीमा जीवन आचार्यसहित ५ जनालाई मन्त्री बनाउने

नेकपाले कोशीमा जीवन आचार्यसहित ५ जनालाई मन्त्री बनाउने

विराटनगरः आन्तरिक छलफलपछि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।

नेकपा संयोजक प्रचण्डका छोरीज्वाइँ जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । उनी अघिल्लोपटक पनि मन्त्री थिए ।

कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

सपना दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ४ बजे गर्ने तयारी रहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments