विराटचोकः आज दुई घण्टामा शेयर बजारमा जम्मा १ अर्ब ७१ करोड ९ लाख रुपैयाँको मात्रै शेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको २१ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
दिउँसो १ बज्दा बजार मापक परिसूचक नेप्से साढे १३ अंकभन्दा बढी बढेर २६५६ आसपास पुगेको छ ।
बढेको बजारमा आजदेखि दोस्रो बजारमा किनबेच हुन थालेको सर्वाेत्तम पेन्ट्स र हिजोदेखि बजार किनबेच हुन थालेको माउण्ट एभरेष्ट पावर डेभलमपेण्टको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ ।
बजार बढे पनि इमर्जिङ नेपाल लिमिटेड र अप्पर लोहोरे खोलाका लगानीकर्ता सर्वाधिक गुमाउने लगानीकर्तामा परेका छन् ।





