Wednesday, August 12, 2026
Homeसमाचारअलपत्र ढल व्यवस्थापनको काम अघि बढाउन माग गर्दै लेटाङका मेयर पुगे विभागमा

अलपत्र ढल व्यवस्थापनको काम अघि बढाउन माग गर्दै लेटाङका मेयर पुगे विभागमा

लेटाङः लेटाङ नगरपालिकामा लामो समयदेखि अलपत्र परेको ढल व्यवस्थापन तथा सञ्चालनको कामलाई तत्काल अगाडि बढाउन माग गर्दै लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकसँग भेटवार्ता गर्नुभएको छ ।

लामो समयअघि निर्माण थालिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको लेटाङको ढल व्यवस्थापन योजनालाई सञ्चालनमा ल्याउन नगरपालिकाको तर्फबाट विभागमा उच्चस्तरीय पहल गरिएको हो । भेटका अवसरमा विभागका महानिर्देशक कमलराज श्रेष्ठले योजनाको अवस्थाबारे गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताउँदै आगामी भदौको पहिलो साता लेटाङमै पुगेर स्थलगत अवलोकन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नगरप्रमुख लावतीले जानकारी दिनुभयो ।

महानिर्देशक श्रेष्ठले स्थलगत निरीक्षणपछि योजनालाई पूर्णता दिई सञ्चालनमा ल्याउन आवश्यक सबै किसिमको सहयोग गर्ने आश्वासन दिनुभएको नगरप्रमुख लावतीले जनाउनुभयो ।

विभागको केन्द्रीय कार्यालयमा भएको उक्त महत्त्वपूर्ण भेटघाट तथा छलफलमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख महेश महतोसमेतको सहभागिता रहेको थियो ।

सो योजनाले गति लिए लेटाङको शहरी तथा ढल निकास व्यवस्थापनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments