Thursday, August 13, 2026
Homeअर्थविद्युतीयअप्पर लोहरे खोलाको झण्डै साढे २८ लाख कित्ता शेयरको लक इन अवधि...

अप्पर लोहरे खोलाको झण्डै साढे २८ लाख कित्ता शेयरको लक इन अवधि आज सकिने

विराटचोकः अप्पर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लक इन अवधि आज साउन २८ गतेदेखि सकिने भएको छ ।

सो कम्पनीको कुल शेयर सङ्ख्यामा संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २६ लाख कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टयाइएको २ लाख ६ हजार ७६० कित्ता र कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको ३९ हजार ७६५ कित्ता शेयर रहेको छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments