Saturday, August 8, 2026
Homeअर्थशेयरसंसद चल्दा शेयर कारोबार नगर्न सभामुखको निर्देशन

संसद चल्दा शेयर कारोबार नगर्न सभामुखको निर्देशन

विराटचोकः केही सांसदहरुले ल्यापटपमार्फत् शेयर कारोबार गर्ने गरेको सूचना आएको भन्दै सभामुख डोलप्रसाद अर्यालले त्यस्ता गतिविधि नगर्न सांसदहरुलाई सचेत गराएका छन् ।

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा र गरिमाका साथै सांसदहरुको अनुशासन लगायतका विषयमा छलफल भएको थियो । सो छलफलको क्रममा सभामुख अर्यालले ड्रेसकोड पालना गर्न\ गराउन र अनुशासनमा राख्न सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका थिए ।

संसद्को मर्यादा र गरिमा कायम राख्नुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालले बैठकमा सहभागी हुँदा सांसदहरूले आफ्नो जिम्मेवारी र आचरणप्रति गम्भीर हुनुपर्ने बताएका छन् ।

साथै सभामुख अर्यालले सांसदहरूको पोशाक, अनुशासन र व्यवहारसँगै संसद् बैठकमा देखिएका केही गतिविधिबारे पनि ध्यानाकर्षण गराएका थिए ।

बैठक चलिरहेका बेला केही सांसदहरूले ल्यापटप प्रयोग गरेर शेयर कारोबार गरेको सूचना आएको र संसद् भवनको लबीमा अनावश्यक भीडभाड गर्ने गरेको विषयमा सभामुखले असन्तुष्टि जनाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments