विराटचोकः साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ०.०४ प्रतिशत अर्थात १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४९ स्टकको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ६३ हजार ६४८ पटक किनबेच हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँको शेयर किनबेच भएको छ ।
८ वटा समूहमा हरियाली छाउँदा सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात् ०.४९ प्रतिशतले बढेको छ । बढेको बजारमा व्यापार समूह सर्वाधिक अर्थात् ०.९३ प्रतिशतले घटेको छ ।
रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक २७ करोड ६२ लाख ८७ हजार ११ रुपैयाँको शेयर किनबेच भएको छ । रिडी पावर, ग्लोबल आईएमई बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
आज एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, महुली लघुवित्त, श्रीनगर एग्रीटेकको उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
आज रिलायन्स स्पीनिङ मिल्सको शेयरमूल्य सर्वाधिक अर्थात् ७.४० प्रतिशतले घट्दा सालपा विकास बैंक, भगवती हाईड्रोपावर उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब १३ अर्ब २१ करोड ५२ लाख ३९ हजार ७८८ रुपैयाँ कायम भएको छ ।





