Wednesday, July 29, 2026
Homeअर्थशेयर४६.६९ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा

४६.६९ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा

विराटचोकः सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै तथा इम्पेयरमेन्ट चार्ज घटेसँगै खुद नाफामा पनि सुधार देखिएको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८८ करोड ४४ लाख रुपैयाँ सञ्चालन नाफा थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी १ अर्ब ९ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात भने ५.५२ प्रतिशतबाट वृद्धि भएर ६.८७ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख ७७ हजार रुपैयाँ छ । लाभांश क्षमता समेत १०.३६ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी (ईपीएस) २३.८३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको ईपीएस १७.०६ रुपैयाँ थियो । प्रति शेयर नेटवर्थ १६९.५० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments