Monday, July 27, 2026
Homeफिचरकर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन

कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन

इनरुवाः हिजो राति भएको झडपलाई नियन्त्रणमा लिने क्रममा भएको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड शुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो । अहिले हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।

हिजो राति ९ बजे दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको छ भने देवानगञ्ज र हरिनगरा गाउँपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीयले कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन गरिरहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments