Monday, July 27, 2026
Homeसमाचारलियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न

लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न

इटहरीः लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा तालिम सम्पन्न भएको छ ।

शनिबार प्रिमियम ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।

तालिम कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो । कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकार पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा निवर्तमान डिस्ट्रिक्ट प्रेसिडेन्ट मनोज तिवारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले लियो सदस्यहरूका लागि नेतृत्व विकास, संस्थागत जिम्मेवारी, कार्यसम्पादन तथा प्रभावकारी भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन सह–सचिव आशिष सुन्दासले गर्नुभएको थियो । कार्यक्रममा जोन चेयरपर्सन, डिस्ट्रिक्टका विभिन्न पदाधिकारी तथा सदस्यहरूका साथै विभिन्न लियो क्लबका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालअन्तर्गत आयोजना गरिएको उक्त प्रशिक्षणले सहभागीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै लियो अभियानलाई थप प्रभावकारी र सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments