Thursday, July 23, 2026
Homeफिचरशिक्षक, कर्मचारी पक्राउपछि सुकुना माविले भन्यो, ‘अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्नेछ’

शिक्षक, कर्मचारी पक्राउपछि सुकुना माविले भन्यो, ‘अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्नेछ’

विराटचोकः शिक्षक तथा कर्मचारीले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यालयका ४ जना शिक्षक र कर्मचारी पक्राउ परेपछि अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्ने सुकुना माविले जनाएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमा सार्वजनिक भएको यौनजन्य दुव्र्यवहारसम्बन्धी घटनामा कानुनी अनुसन्धानका लागि पूर्ण सहयोग गरिरहेको विद्यालयले जनाएको छ ।

निष्पक्ष छानबिनबाट पीडितले न्याय र दोषीले कानुनअनुसार सजाय पाउनुपर्ने विद्यालयको स्पष्ट धारणा रहेको भनी बुधबार विद्यालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।

सो विज्ञप्तिमा सामाजिक सञ्जालमा सञ्चालित ‘एसकेएन कन्फेसन मिम’ समूहमार्फत् सार्वजनिक भएका विषयप्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटनाको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट बाहिर आउनुपर्ने र त्यसका आधारमा कानुनी प्रक्रिया अघि बढ्नुपर्ने विद्यालयको भनाइ छ ।

निमित्त प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरी, शिक्षक–अभिभावक संघका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार कार्कीको संयुक्त हस्ताक्षरमा जारीे विज्ञप्तिमा आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरिएको र सम्बन्धित निकायबाट भइरहेको अनुसन्धानमा विद्यालयले आवश्यक सहयोग गरिरहेको उल्लेख छ । अनुसन्धानको निष्कर्षलाई धैर्यपूर्वक पर्खिरहेको पनि विद्यालयले जनाएको छ ।

अनुसन्धान चलिरहेको समयमा प्रमाण र तथ्यबिना सामाजिक सञ्जालमार्फत् शिक्षक तथा कर्मचारीमाथि विभिन्न आरोप लगाउने, चरित्रहत्या गर्ने तथा संस्थाको प्रतिष्ठामा आँच पुर्याउने गतिविधिप्रति दुःख व्यक्त गरेको छ । यस्ता गतिविधिले अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने भन्दै संयम अपनाउन सबै पक्षसँग आग्रह गरिएको छ ।

घटनाका कारण पठनपाठन प्रभावित हुन नदिन तथा विद्यार्थीलाई नियमित रूपमा विद्यालय पठाइदिन अभिभावक, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग विद्यालयले अपिल गरेको छ । घटनाको विषय बाहिर ल्याउने फेसबुक पेजलाई विद्यालयले धन्यवाद पनि दिएको छ ।

सुकुना माध्यमिक विद्यालयमा पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने १७८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments