विराटचोकः महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबार गर्न मिल्नेछ ।
सो कम्पनीको २०७७ साल फागुन १४ गते शेयर बाँडफाँड भएको थियो । हाल महिलाको ६ लाख कित्ता संस्थापक शेयर र ५ हजार कर्मचारीहरुको शेयर ‘लक इन’ रहेको छ । संस्थापक सेयरधनीको पुस ३० गते नै ‘लक इन’ समाप्त भइसकेको कम्पनीले जनाएको छ ।