विराटचोकः इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर) का लागि तोकिएको कोटाभन्दा झन्डै आधा कम उम्मेद्वार अंग्रेजी भाषा परीक्षामा पास भए । २ हजार ३ सय जना कामदार माग गरिएकोमा १ हजार २ सय ३१ जनाले मात्रै अंग्रेजी भाषा परीक्षा (बी १) पास गरेका हुन् ।
१५ हजार ६ सय २६ जनाले परीक्षा दिएका थिए । तीमध्ये पास हुने संख्या ७.८ प्रतिशतमात्र हो । केयरगिभरको आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी १’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । विगतमा केयरगिभरले अंग्रेजी भाषा राम्रोसँग बोल्न नजान्दा समस्या भएको भन्दै इजरायलले नै अंग्रेजी भाषा स्पिकिङमा ‘बी १’ अनिवार्य गरेको थियो ।
आवेदन दिनेले अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्रका रूपमा इजरायलको पीबाले तोकेको त्रिपुरेश्वरमा रहेको सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनबाट लिइएको क्याम्ब्रिज अपस्किल इन्टनेसनल अंग्रेजी टेस्ट कम्तीमा रिडिङ–ए २, राइटिङ–ए १, लिसनिङ–ए २, स्पिकिङ–बी २ भएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो । तर, अंग्रेजी भाषा परीक्षा दिएकामध्ये न्यून संख्यामा मात्रै भाषा परीक्षा पास गरेका हुन् ।
साढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, असार ७ सम्ममा आवेदन दिनुपर्ने





