Saturday, June 27, 2026
Homeधर्म र संस्कृतिआज सुन्दरहरैंचामा इस्कोनको आयोजनामा ‘जगन्नाथ रथयात्रा महोत्सव’ हुने

आज सुन्दरहरैंचामा इस्कोनको आयोजनामा ‘जगन्नाथ रथयात्रा महोत्सव’ हुने

विराटचोकः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आज ‘श्री जगन्नाथ रथयात्रा महोत्सव’ आयोजना हुने भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन इटहरी र विराटचोकका भक्तजनको संयुक्त आयोजनामा रथयात्रा हुने भएको हो । आयोजकका अनुसार रथयात्रा आज दिउँसो २ बजे विराटचोकस्थित पीएलओ गेटबाट शुरु भई खोर्साने, सुकुना क्याम्पस, भागवत मार्ग हुँदै काली मन्दिरमा पुगेर समापन हुनेछ ।

सुरक्षा निकायले रथलाई सुरक्षा दिने भएको छ । काली मन्दिरमा भण्डारासहित महाप्रसाद वितरण गरिने कार्यक्रम रहेको छ । रथयात्रा अवधिभर महा–संकीर्तन, भजन–कीर्तन तथा महाप्रसाद वितरण निरन्तर सञ्चालन हुने जनाइएको छ ।

आयोजकले भक्तजनलाई धार्मिक महोत्सवमा सहभागी भई रथयात्रालाई भव्य रूपमा सफल बनाउन आग्रह गरेको छ ।

जगन्नाथपुरीको मूल रथयात्राको १ महिना अघि वा पछि पारेर रथयात्रा निकालिने गरेको आयोजकले जनाएको छ । सुन्दरहरैंचामा यसलाई निरन्तरता दिइने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments