विराटचोकः नेपालमा हिजोदेखि कोशी प्रदेशबाट मनसुन भित्रिएको छ ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिएको घोषणा गरेको हो ।
नेपालमा सरदर जुन १३ (जेठ ३०) गते मनसुन भित्रिने गरेको थियो । प्रशान्त महासागरमा विकास भएको एल निनो प्रणालीका कारण मनसुनको आगमन ढिलो भएको बताइएको छ ।
अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगाडि नै मनसुन भित्रिएको थियो । यसपालि मनसुनमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने विभागको अनुमान छ ।




