Friday, June 19, 2026
Homeसमाचारपछिल्लो १ घण्टामा ताप्लेजुङमा धेरै वर्षा, २४ घण्टामा झापा, इलाम, पाँचथर, मोरङ...

पछिल्लो १ घण्टामा ताप्लेजुङमा धेरै वर्षा, २४ घण्टामा झापा, इलाम, पाँचथर, मोरङ र सुनसरीमा धेरै वर्षा

विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा ताप्लेजुङमा १७ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो २४ घन्टामा भने झापाको अनारमनी बिर्तामा २०८.८ मिलिमिटर वर्षा भएको छ ।

गत २४ घण्टामा झापाको बाहुनडाँगीमा ८३.६ मिलिमिटर, इलामको माइपोखरीमा ६९.६ मिलिमिटर, पाँचथरको माझिटारमा ६७.२ मिलिमिटर, मोरङको लेटाङमा ६१.२ मिलिमिटर र सुनसरीको चतरामा ५१.४ मिलिमिटर वर्षा भएको छ ।

बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा हल्कादेखि मध्यम र भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । सो प्रभावले आज बिहान कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments