धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई पराजित गरी विजयी हुनुभएको छ । बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोष जोशी, सहमहामन्त्रीमा जसु भट्ट र पारस बाहुन, प्रवक्तामा तेज ठकुल्ला र कोषाध्यक्षमा गणेश बोहरा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सहमहामन्त्री बनेका पारस बाहुन यसअघि महामन्त्री हुँदा पार्टीमा गुटबन्दी गरेको आरोपमा उनलाई तत्कालीन समयमा महामन्त्रीबाट रास्वपाले बर्खास्त गरेको थियो ।




