Tuesday, June 16, 2026
Homeसमाचारकोशी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना 

कोशी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना 

विराटचोकः आज कोशी प्रदेशका पहाडी तथा तराईका भूभागमा वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको  छ। 

हाल कोशी प्रदेशको तराई भूभागमा साधारणतया बदली छ भने पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि आज वर्षाको सम्भावना छ । मधेश प्रदेशका एक–दुई स्थानमा वर्षाको प्रक्षेपण गरिएको भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments