Sunday, June 14, 2026
Homeखेलकुदविश्वकप फुटबलमा २८ वर्षपछि पुनः छानिएको स्कटल्याण्डले खेलको २९ औँ मिनेटमा हाइटीमाथि...

विश्वकप फुटबलमा २८ वर्षपछि पुनः छानिएको स्कटल्याण्डले खेलको २९ औँ मिनेटमा हाइटीमाथि गरेको गोल नै निर्णायक

विराटचोकः विश्कप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जीत निकालेको छ ।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डका लागि खेलको २९ औं मिनेटमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै टोलीको लागि ३ अंक जोड्न सफल भयो ।

३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डपछि सो समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।

स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन । सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २–१ ले पराजित गरेको थियो ।

समूह चरणको आठौँ तथा आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजे खेल्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments