Saturday, June 13, 2026
Homeराजनीतिअधिवेशनपछि यस्तो बन्यो रास्वपा कोशी प्रदेश समिति

अधिवेशनपछि यस्तो बन्यो रास्वपा कोशी प्रदेश समिति

विराटचोकः हालै सम्पन्न अधिवेशनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश समिति चन्द्र राईको नेतृत्वमा गठन भएको छ ।

समितिको उपसभापतिमा होमराज दाहाल, महामन्त्रीमा निरज कटुवाल र सहमहामन्त्रीमा सुरेन्द्र कार्की तथा मञ्जरी घिमिरे निर्वाचित हुनुभएको छ ।

६१ सदस्यीय प्रदेश समिति रहने व्यवस्था भए पनि पूर्णता भने पाएको छैन । कोषाध्यक्ष र प्रवक्ता प्रदेश सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

खुला र समावेशीतर्फ सदस्य हुनेहरूमा ईश्वर तामाङ, निष्मा कोइराला, राधिका कार्की, विन्दु सिटौला ‘लक्की’, गोमादेवी कटुवाल, निसार मिया, एमिलिया कार्की, सम्पतलाल राई, भगवती रोका कार्की, प्रमोद रोका कार्की, प्रमोदकुमार मण्डल, दलित सदस्यतर्फ सम्झना खाती र जुनाल गदाल चयन हुनुभएको छ । अपाङ्गता सदस्यमा प्रेमराज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ ।

प्रतिनिधि सभा क्षेत्रबाट प्रदेश सदस्यमा निर्वाचित हुनेहरूमा लक्ष्मण अधिकारी, सुरेन्द्रप्रसाद जैसवाल, नवराज अधिकारी, गणेश आचार्य, युवराज खतिवडा, केदारनाथ आचार्य, नेत्रप्रसाद शिवाकोटी, सम्झना पण्डित, यादवकुमार प्रधान, श्रीकृष्ण प्रसाई, सरिता कार्की लामा, निरज कटुवाल, कुन्दन कौसिक र डिल्ली अधिकारी चुनिनुभएको छ । इलाम– २ र झापा–३ बाट प्रदेश समिति सदस्यका लागि उम्मेदवारी परेको थिएन ।

रास्वपाको प्रदेश समितिको सभापतिका लागि ६ जनाको उम्मेद्वारी परे पनि २ जनाले नाम फिर्ता लिनुभएको थियो । निवर्तमान सभापति गोमा तामाङलगायत ३ जनालाई पराजित गरी राई निर्वाचित हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments