Thursday, June 11, 2026
Homeअर्थशेयरआज नेप्से सूचक र कारोबार रकम दुवैमा आयो गिरावट

आज नेप्से सूचक र कारोबार रकम दुवैमा आयो गिरावट

विराटचोकः आज शेयरबजार परिसूचक नेप्से र कारोबार रकम दुवैमा गिरावट आएको छ । आज नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा अडिँदा ३५० कम्पनीको शेयर किनबेच भएको छ ।

९२ लाख ३१ हजार २१६ कित्ता शेयर ५८ हजार ३९१ पटक किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँको शेयर किनबेच भएको छ ।

होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहबाहेक बाँकी सबै समूहका परिसूचक आज राताम्य भएका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।

आज सोपान फर्मास्युटिकल्स् लिमिटेड र एपोलो हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै साढे १३ प्रतिशतले तल झरेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ६१ अर्ब ३९ करोड ५ लाख ६६ हजार ५९३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments