Tuesday, May 26, 2026
Homeकृषिमिक्लाजुङले ४० लाख खर्चिएर किसानलाई दियो ३४३ थान कृषि सामग्री

मिक्लाजुङले ४० लाख खर्चिएर किसानलाई दियो ३४३ थान कृषि सामग्री

मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिकाले किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । परम्परागत खेती प्रणालीलाई क्रमशः यान्त्रिकीकरण गर्दै खेतीपातीको लागत घटाउने, उत्पादन वृद्धि गर्ने तथा किसानको आम्दानी बढाउने लक्ष्यसहित गाउँपालिकाले वार्षिक रूपमा किसान केन्द्रित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बबिकुमार राईले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले यस आर्थिक वर्षमा मात्रै २७ वटा सिँचाइ बोरिङ, ६५ थान चापाकटर, ६७ थान मकै छोडाउने मेसिन, १ सय ६ थान मकै रोप्ने मेसिन तथा १ सय ५ थान बाली गोड्ने फलामे हलो गरी कुल ३ सय ४३ थान कृषि सामग्री किसानलाई हस्तान्तरण गरेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमका अनुसार उक्त कार्यक्रम कोशी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई ५० प्रतिशत अनुदानमा ४० लाख रुपैयाँ बराबरको बजेटमार्फत् सामग्री वितरण गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments