Tuesday, May 26, 2026
Homeधर्म र संस्कृतिआज गंगा दशहरा पर्व मनाइँदै

आज गंगा दशहरा पर्व मनाइँदै

विराटचोकः आज गंगा दशहरा पर्वको दिन हो । जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।

पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुने विश्वास गरिन्छ ।

यस वर्ष जेठ महिनामा अधिक मास परेको छ । जुन वर्ष जेठ महिनामा अधिक मास पर्छ त्यो वर्ष अधिक मासमै गंगा दशहरा पर्व मनाइन्छ । आज रसुवा जिल्लाको गोसाइँकुण्डमा श्रद्धालुहरूको भीड लाग्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments