विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय ४० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।




