विराटचोकः यस पटक जेठ महिनामा अधिकमास परेको छ । बोलीचालीको भाषामा मलमास भनिने यस महिनलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।
पञ्चाङ्ग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ । चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।
अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष चन्द्रमासअनुसार १२ महिनाको सट्टा १३ महिनाको १ वर्ष हुन्छ । सूर्यमासअनुसार भने १२ महिना नै हुने गर्दछ ।
दुई औंसीको बीचमा सूर्य संक्रान्ति परेन भने त्यसलाई अधिकमास भनिन्छ ।




