Saturday, May 23, 2026
Homeखेलकुदकाभा महिला भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित

काभा महिला भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित

विराटचोकः हिजो काठमाडौंमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपाल ३–२ ले पराजित भएको हो ।

जीतसँगै भारतले २ अङ्क हात पारेको छ । नेपालको भागमा १ अङ्क परेको छ । भारतले नेपाललाई २१–२५, २५–२०, २५–१९, २१–२५ र १५–९ ले पराजित गरेको हो ।

नेपालको राष्ट्रिय टोलीमा एकै पटक पाँच खेलाडीले डेब्यु गरेका छन् । लिबेरो सुनिता खत्री, मिडल ब्लकर मीना सुनार, सेटर जस्मा महतो, सलिना बुढा मगर र वसन्ती साउदले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका हुन् ।

कप्तान निरुता ठगुन्नाको नेतृत्वमा उत्रिएको युवा नेपाली टोलीले खेलभर अनुशासन, ऊर्जा र संघर्ष देखाए पनि निर्णायक क्षणमा अनुभवको कमी देखिएको खेल विश्लेषक बताउँछन् ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आज किर्गिस्तानसँग साँझ ५ बजे खेल्नेछ । समूहमा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यहाँबाट शीर्ष दुई टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments