Saturday, May 23, 2026
Homeसमाचारदेशका केही स्थानमा आज पनि वर्षाको सम्भावना

देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना

विराटचोकः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूर पश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर चल्ने सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments