Wednesday, December 25, 2024
Homeफिचरब्रोकर कम्पनीहरूले १८२ स्थानबाट सेवा दिँदै

ब्रोकर कम्पनीहरूले १८२ स्थानबाट सेवा दिँदै

काठमाडौंः थपिएका नयाँसहित पछिल्ला दिनहरूमा दोस्रो बजारमा ८४ वटा ब्रोकर कम्पनीमार्फत् सेयर कारोबार हुन थालेको छ । ८४ मध्ये ८२ वटाले धितोपत्र दलाल (ब्रोकर) को काम गर्दै आएका छन् भने २ वटाले स्टक डिलरको काम गरिरहेका छन् । यी ब्रोकरहरूले १८२ स्थानबाट सेवा दिँदै आएका छन् ।

पुराना ५० ब्रोकरहरूले १०२ स्थानमा शाखा र ५० वटा केन्द्रीय कार्यालय गरी कुल १५२ स्थानबाट शेयर बजारका लगानीकर्तालाई सेवा दिँदै आएका छन् । ३२ वटा नयाँ ब्रोकर कम्पनीहरूले भने शाखा विस्तार गरेका छैनन् । उनीहरूले तत्काल शाखा विस्तार गर्न पाउँदैनन् ।

५० वटामध्ये ६ वटा ब्रोकर कम्पनीहरूले हालसम्म शाखा विस्तार गरेका छैनन् । सबैभन्दा धेरै शाखा विस्तार गर्नेमा भिजन सेक्युरिटीज रहेको छ । यस कम्पनीको केन्द्रीय कार्यालयसहित १२ वटा शाखा कार्यालयहरू रहेका छन् । भृकुटी स्टक ब्रोकिङले केन्द्रीय कार्यालयसहित ८ जिल्लाबाट लगानीकर्तालाई सेवा दिँदै आएको छ ।

पछिल्लो तथ्यांकअनुसार लाइसेन्स पाएकामध्ये ३२ वटा नयाँ ब्रोकरहरूले कारोबार सुरु गरेका छन् । धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीमध्ये ४३ वटा कम्पनीलाई आशयपत्र दिएको थियो । आशयपत्र पाउनेमध्ये ४१ वटा कम्पनीलाई बोर्डले लाइसेन्स दिइसकेको छ । लाइसेन्स पाएका मध्ये ९ वटा ब्रोकरहरू भने सञ्चालनमा आएका छैनन् ।

नेपालमा दुई कम्पनीले स्टक डिलरको काम गर्दै आएका छन् । स्टक डिलरको काम गर्नेमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments