Sunday, May 10, 2026
Homeअर्थशेयरसाताभरमा झण्डै ७ अंक बढ्यो नेप्से

साताभरमा झण्डै ७ अंक बढ्यो नेप्से

विराटचोकः गत साता नेप्से परिसूचक ६.९३ अंक बढेर बन्द भएको छ । गत साता नेप्से ०.२५ प्रतिशत अर्थात ६.९३ अंक बढेर २७४५.६५ विन्दुमा अडिएको छ ।

सातामा ५ दिन कारोबार भएको बजारमा नेप्से परिसूचक दुई दिन घटेको थियो ।

गत साता नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ५ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ३ अर्ब ४२ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको

गत साता नेपाली शेयर बजारमा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ । विकास बैंक उपसमूहको परिसूचक गत साता सर्वाधिक अर्थात् १.५० प्रतिशत घटेको छ ।

गत साता साता नागरिक लगानी कोष र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । ती दुई कम्पनीको गरी ३३ लाख ५७ हजार १७७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत साता झापा इनर्जीको शेयरमूल्य सर्वाधिक १७.६५ प्रतिशत बढेको छ । शिखर पावर डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक अर्थात् १२ प्रतिशतभन्दा बढी घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments