Thursday, May 7, 2026
Homeसमाचारसर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिश

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिश

काठमाडौंः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले चौथो वरियताक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरिएको हो ।

संवैधानिक परिषद्को बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुबीकुमारी ठाकुर सहभागी थिए ।

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिश गरेको थियो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएपछि सर्वोच्च अदालतमा वरिष्ठ न्यायाधीशका रूपमा प्रधानले कायममुकायम सम्हाल्दै आएकी छिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments