विराटचोकः प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक आज साँझ ५ बजेका लागि बोलाउनुभएको छ । हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि रिक्त संवैधानिक पदमा नियुक्तिको बाटो खुलेको हो ।
प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्ष लगायत संवैधानिक पद रिक्त छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षको पद रिक्त छ भने एकजना बाहेक अरु सदस्य छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ । समावेशी आयोगमा पनि अध्यक्ष र अर्का एक सदस्यको पद रिक्त छ । महिला आयोगमा पनि एक पद रिक्त छ । मुस्लिम आयोग, थारू आयोगमा पनि पदाधिकारी पद रिक्त छन् ।




