Tuesday, December 24, 2024
Homeफिचरमाध्यमिक शिक्षा (एसईई) परीक्षा चैत १५ गतेदेखि

माध्यमिक शिक्षा (एसईई) परीक्षा चैत १५ गतेदेखि

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थी रहेका छन् ।

कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४१६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, कर्णालीबाट पुरुष १६ हजार २०० र महिला १६ हजार ३१८ र सुदूर पश्चिमबाट पुरुष २७ हजार ८०९ र महिला २८ हजार ७१६ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments