Tuesday, December 24, 2024
Homeफिचरजलविद्युत समूहमा उच्च गिरावट आएको दिन नेप्से झर्याे २१०० भन्दा तलको बिन्दुमा

जलविद्युत समूहमा उच्च गिरावट आएको दिन नेप्से झर्याे २१०० भन्दा तलको बिन्दुमा

विराटचोकः सोमबार शेयर बजार सूचक ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ विन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर १ लाख ५० हजार ५४३ पटक किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको कारोबार भएको छ ।

व्यापार समूह बाहेक सबै समूह राताम्य भएको बजारमा व्यापार समूह ० दशमलव ३५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै जलविद्युत समूह २ दशमलव २४ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूह १ दशमलव ८५ प्रतिशतले घटेको छ । यसैगरी, अन्य समूह र वित्त समूह १ दशमलव ८१ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै अर्थात् ७८ करोड ६३ लाख ८३ हजार ४९२ रुपैयाँको कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनी, अपि पावर कम्पनी, सन् नेपाल लाइफ इन्स्योरेन्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

जलविद्युत समूहमा उच्च गिरावट आए पनि अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत तथा मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ४६ प्रतिशतले बढेको छ । आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशमलव ६९ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै दोर्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ दशमलव ३३ प्रतिशतले घटेको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ दशमलव २७ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ९६ अर्ब ३० करोड ३४ लाख ७७ हजार ९२५ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments