Friday, May 1, 2026
Homeधर्म र संस्कृतिबुद्ध जयन्तीकै दिन डोजर लगाएर ढालियो बल्खुका गुम्बा र मन्दिर

बुद्ध जयन्तीकै दिन डोजर लगाएर ढालियो बल्खुका गुम्बा र मन्दिर

काठमाडौंः सरकारले आज बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा रहेको साङ्गे छोइलिङ्ग गुम्बा र पाथीभरा देवीको मन्दिर डोजर लगाएर ढालेको छ ।

सरकारले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने क्रममा बल्खु क्षेत्रमा आज बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिर भत्काएको हो । बुद्ध जयन्तीका दिन ती संरचना नभत्काइयोस् भनेर स्थानीयले भने पनि सरकारले नसुनेको स्थानीय बताउँछन् ।

काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्त्वपूर्ण सामग्री बाहिर निकालेर सुरक्षित राखिएको बताइएको छ ।

उता, बालाजु क्षेत्रमा रहेको अढाइ तले ओग्यन जम्लिङ टेरमा गुम्बा पनि सरकारले आजै भत्काउन लागेपछि स्थानीयले विरोध गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments